आगामी आर्थिक बजेटमा अन्तरविरोध

24

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेटको बजेटमा केही अन्तरविरोध रहेको जनाएका   छन् ।

सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी हुन नसकेको जनाए ।

कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर, त्यस अनुसार बजेट विनियोजन नभएको भन्दै उनले यसले बजेटलाई अन्तरविरोधी देखाएको जनाए ।

‘बजेट आफैँभित्र केही अन्तरविरोधी छ । कृषि लगानी दशकको घोषणा गरेको छ । तर, कृषि मन्त्रालयको बजेट नै घटेको छ’ उनले भने । बजेटमाथि बोल्ने क्रममा उनले एउटा गीत सम्झिए, ‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ । जिन्दगी चल्न त चल्या छ पिरै पीरमा छ ।’

यो गीतले मुलुकको यथार्थता देखाएको उनको भनाइ छ । बजेट ल्याएको तर, कार्यान्वयनमा जान सकिन्छ कि सकँदैन भन्नेमा दुविधा रहेको उनले जनाए ।
बजेटका लक्ष्य पूरा हुन्छ कि हुँदैन भनने सन्दर्भमा सांसद पन्तले गीत सम्झिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here