जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली टाेलीले नगद ३० लाख रुपैयाँ पुरस्कार पाउने

55

काठमाडौं । वाईवाई चाउचाउले जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई नगद ३० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । वाईवाई चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशिको पुरस्कार घोषणा गरेको हो ।

यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाईवाईको तर्फबाट नगद  ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यसका साथै वाईवाईले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ। प्रत्येक रन बनाएबापत १ हजार, चौकामा ८ हजार, छक्कामा १२ हजार, विकेटमा १५ हजार, अर्धशतकमा ५० हजार, शतकमा १ लाख र नेपाली टिमको जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो। यसका लागि सीजी फुड्स नेपाल र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

चौधरी गु्रपअन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ। नेपालले टी–२० विश्वकपको शृंखलाअन्र्तगत पहिलो खेल नेदरल्यान्डसँग आज (मङ्गलवार)खेल्दै छ। त्यस्तै, टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलङ्का र बङ्गलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ। सोमबार बेलुका समूह डी को पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here