व्ययको अनुमानमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

30
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकमा आज राजस्व तथा व्ययको अनुमानमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको छ।

आजको बैठकमा शोक प्रस्तावको कार्यसूची समेत रहेको छ। अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here