सवारी दुर्घटनामा तीन जनाको मृत्यु

30

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१ फुलजोरस्थित सडकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बेलका नगरपालिका-१ बस्ने ३० वर्षीय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका-३ बस्ने २४ वर्षीया हिरा राई रहेका छन् । प्र.१- ०२-००१ ख ८५१४ नम्बरको टिपर र प्र.१-०२-०५२ प ३९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बाँसगढी नगरपालिका-३ लखनाचोकस्थित सडकमा लुम्बिनी प्रदेश ०३०० १ ख ००३८ नम्बरको हाइस गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ डेउढाकला बस्ने ६५ वर्षीय गाडुल थारूको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here