प्रधानमन्त्री सहकारी पीडीत

27

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको जनाएका छन् ।

शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको जनाएका हुन् ।

उनले सहकारीमा कुनै एउटा पार्टी मात्र नभएको बताए । ‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू, जसले सहकारी खालेर काम गर्न भनेर सुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ’ माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भने ‘किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’

 

उनले सहकारीको सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई भ्रमित गरेर शोषण गर्ने माध्यम जस्तो भएको बताए । विद्यमान संरचनाबाट यसलाई सम्बोधन गर्न नसकिने भन्दै उनले भने, ‘बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाइभ गर्न सकिन्छ ।’

केही समयभित्रै प्राधिकरण बनाउने प्रक्रिया अगाडि बढाउने उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here