ओभरटाइमको भत्ता व्यवस्था गरिदिन सिफारिस गर्दा नमानेको झोकमा कुटपिट

30

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत शनिबार सरकारी स्वामित्वको संस्था नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेलाई नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष मानबहादुर कुँवरले हातपात गरेका छन्।

शाखा प्रमुख पालिखेलाई कुँवरले एकजना महिला कर्मचारीलाई रात्रि सत्रमा ड्युटी मिलाइदिन र त्यसबापत ओभरटाइमको भत्ता व्यवस्था गरिदिन सिफारिस गर्दा नमानेको झोकमा कुटपिट गरेका हुन्।

शाखा प्रमुख पालिखेको मुटुमा पेसमेकर राखिएको छ। मेरुदण्डसम्बन्धी समस्या पनि छ। उनी अवकाशको मुखमा छन्। कुटाइले उनको अनुहार सुन्निएको छ। कार्यालयभित्रै कुटपिट भएको निवेदन लिएर शाखा प्रमुख पालिखे गौशालास्थित प्रहरी वृत्तमा पुग्दा कुँवर त्यसअघि नै उजुरी लिएर पुगिसकेका रहेछन्। प्रहरीले उनको उजुरी दर्ता गरेन। व्यवस्थापनले कुँवरलाई निलम्बन गरी छानबिन गर्ने भनेको छ।

मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देलका अनुसार छानबिन नसकिएसम्म वा बढीमा तीन महिनासम्मका लागि कुँवरलाई निलम्बन गर्ने विभागीय निर्णय भएको पत्र जेठ २० गते दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here