बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट विशेष अनुदान दिन माग

37

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछाममा सञ्चालित बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट विशेष अनुदान दिन माग गरेका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले दुर्गम क्षेत्रका नागरिकको निशुल्क उपचार गराइरहेको अस्पताल अहिले आफैं बन्द हुने अवस्थामा पुगेकाले त्यो अवस्था आउन नदिन आग्रह गरे।

कोरोनापछि विदेशबाट आउने सहयोग कम भएको र प्रदेश सरकारले पनि यस आर्थिक वर्षमा बजेट नदिएकाले अहिले अस्पतालका डाक्टर र कर्मचारी नै हिँड्ने अवस्था आएको जनाए।

अस्पतालको सेवा सहज रुपमा सञ्चालित भइराख्नका लागि संघीय सरकारबाट असार मसान्तभित्र ९/१० करोड विशेष अनुदानको व्यवस्था गर्न उनले अनुरोध गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here