भारतीय अभिनेत्री नूर मलाविका दास मृत भेटिए

27

काठमाडौं । भारतीय अभिनेत्री नूर मलाविका दास मृत भेटिएकी छिन्। दासको शव आफ्नै अपार्टमेन्टमा कुहिएको अवस्थामा फेला परेको हो।

छिमेकीले फ्ल्याटबाट दुर्गन्ध आएको गुनासो गरेपछि नूरको मृत्युबारे थाहा भएको थियो। ६ जुनमा ओशिवरा पुलिस उनको लोखंडवालास्थित फ्ल्याटमा पुग्दा नूरको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो। प्रहरीले तत्कालै शवलाई पोस्टमार्टमका लागि पठाएको थियो।पंचनामा दर्ता गरेपछि प्रहरीले नूरका परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनको शव दाबी गर्न कोही नआएको प्रहरी स्रोतले जनाएको छ।

त्यसपछि आइतबार प्रहरीले बेवारिसे शवको दाहसंस्कार गर्ने गैरसरकारी संस्थाको सहयोगमा नूरको अन्तिम संस्कार गरेको थियो। नूरले गत वर्ष रिलिज भएको काजोल स्टारर वेबसिरिज ‘द ट्रायल’ मा नूरले काम गरेकी थिइन्।नूर अहिलेसम्म आफ्नो परिवारसँग मुम्बईमा बस्दै आएकी थिइन्। यो घटना हुनुभन्दा दुई साताअघि मात्रै उनका परिवारका सदस्य गाउँ फर्किएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here