नेपाल र श्रीलंकाबीच विश्वकपको स्पर्धा वर्षाका कारण रद्द

21

काठमाडौं । नेपाल र श्रीलंकाबीच बुधबार (आज) बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ।  खेल हुने तय भएको अमेरिका स्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो।

समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाबीच बिहान ५:१५ बाट खेल सुरु हुने कार्यतालिका रहेको थियो। तर वर्षाका कारण टस समेत नभइ खेल रद्द भएको हो। समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाले १-१ अङ्क बाँडेका छन्। यो सँगै श्रीलंका समूहचरणबाटै बाहिरिएको छ। यसअघि श्रीलंका सुरुवाती दुई खेलमा पराजित भएको थियो। नेपालको भने यो दोस्रो खेल हो।

विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो खेल गुमाएको थियो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले दोस्रो खेल बंगलादेशसँगपनि हारेको थियो। अब अन्तिम खेल बाँकी हुँदा श्रीलंकाको केबल १ अङ्क रहेको छ। यदी उसले अन्तिम खेल जितेपनि अब शीर्ष आठमा पुग्ने छैन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here