असार ७ गते विश्व योग दिवस मनाउने

30

 काठमाडौं ।  सरकारले आगामी असार ७ गते अर्थात् जुन २१ मा विश्व योग दिवस मनाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग भन्ने सन्देशका साथ दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ । विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ ।

 

योग ध्यानसँग सम्बन्धित संस्थाहरूलाई योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here