संसद बैठकमा सांसद घिमिरेले ‘म मरे डुमै राजा’ भनेर व्यंग्य प्रहार

37

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर सांसदले आपत्ति जनाएपछि संसदको रेकर्डबाट हटाईएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद घिमिरेले सरकारले ुम मरे डुमै राजाु भन्ने जसरी बजेट विनियोजन गरेको टिप्पणी गरेका थिए । सांसद घिमिरेले यस्तो टिप्पणी गरेपछि नेकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले नियमापत्ति जनाईन् ।

सांसद विश्वकर्माले नियमापत्ति जनाउँदै सो शव्दले दलित समूदायप्रति अपहेलित भएको बताउँदै संसदको रेकर्डबा हटाउन माग गरिन् । विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने सिलसिलामा प्रयोग भएको शब्द फिर्ता लिएको बताए। उनले भने,’त्यो शब्द फिर्ता लिएँ। उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ। फिर्ता लिएँ।’ घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here