जन्ती जाँदै गरेको बस दुर्घटना , २ को मृत्यु

260

काठमाडौं / भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मकवानपुरमा दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here