मृतकका परिवारलाई तीन लाख दिने निर्णय

120

काठमाडौ, आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश नं २ सरकारले राहत स्वरुप तत्काल तीन लाख उपलब्ध गराने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २८ जना भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् ।

सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि नै उद्धारमा खटिइरहेका छन् । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here