पूर्वी तराई हावाहुरीको चपेटामा, २८ को मृत्यु चार सय बढी घाइते

319

काठमाडौ, आईतबार साँझ तराईका बारा र पर्सामा तिव्रगतिको हावाहुरी चल्दा २८ जनाले ज्यान गुमाएका छन् । हावाहुरीको चपेटामा परी चार सय भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । हावाहुरीबाट बारामा २७ जना र पर्सामा एक जनाको ज्यान गएको छ । हावाहुरीका कारण आइतबार बेलुकी देखि नै विद्युत आपूर्ति अवरुद्ध भएकाले घाइतेहरुको उद्धारमा समेत कठिन भएको थियो । घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उद्धार सुरु गरेका थिए । आइतबार राती उद्धारमा केही कठिन भएकाले सोमबार बिहानै देखि थप घाइतेहरुको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको तराईका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हावाहुरीबाट ठूलो संख्यामा मानवीय क्षति पुगेपछि आइतबार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार र सहयोगको कुनै कसर बाँकी नराख्न सबैलाई निर्देशन दिइसकेको ट्वीटरमार्फत जानकारी गराएका छन् । उद्धारका लागि आइतबार बेलुकादेखिनै नेपाली सेनाका हेलिकोप्टर तयारी हालमा राखिपनि मौसमको खराबीका कारण तत्कालै हवाई उद्धार सम्भव भएको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here