एडुसन्जाल र आइएमई पेबिच साझेदारी

40

काठमाडौं ।  नेपालको पहिलो डिजिटल वालेट   (आइएमई पे)  र शैक्षिक पोर्टल, एडु सन्जाल बिच  एक्सक्लुसिव पेमेन्टपार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।
साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एप मार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै
आएको  एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन्  ।

यसको  अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने  रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका
विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ७त्रगयतसआइएमई क्वीज७त्रगयतस नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै
विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ
उठाउन सकिने  र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here