ओली-प्रचण्डबीच मन्त्रिमण्डल फेरबदलबारे छलफल

126

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल फेरबदलका लागि छलफल थालेको जनाएका छन् ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री र पार्टीभित्र मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको जनाए ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि काम र योगदानका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्न छलफल थालेको जनाए । यस्तै उहाँले सीके राउतको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिप्रति पार्टीकै केही नेताले असन्तुष्टि देखाएको भन्दै त्यसबारे पार्टीमा आएर छलफल गर्न सचेत गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here