आईसीसी ट्वान्टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल पराजित

23

काठमाडौं ।  नेपाललाई २१ रनले हराएर बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गर्न सफल भएकाे छ ।

सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा समूह चरणको अन्तिम खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।

याे हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ।

आजको खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्काको मद्दतमा ४० बलमा सर्वाधिक २७ रन जोडे ।

दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउँदा ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडेका थिए ।

नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here