काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप रु. १ करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेलज्यू र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेका हुन् । बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो । यस सहयोगलेबाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम्भुमिका खेल्ने छ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकलेआफ्नो ग्रहक सेवा केन्द्र (सिद्घार्थ केयर– ०१–५९७००२०,customercare@sbl.com.np) मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।


















