काम गर्न नसक्ने भए राजीनामा दिन मन्त्रीहरुलाई सुझाव

33

काठमाडौं  । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले काम गर्न नसक्ने भए राजीनामा दिन मन्त्रीहरुलाई सुझाव दिएकी छिन् । यसअघि रास्वपाबाट युवा तथा खेलकुदमन्त्री रहेका विराजभक्त श्रेष्ठले आफूहरु राजीनामा खल्तीमा बोकेर हिँडेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा सांसद झाले आज संसद्मा यस्तो सुझाव दिएकी हुन् ।

उनले भनिन्–‘गृहमन्त्रीलाई अस्ति एनजिओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु। र गृहमन्त्रीले सय दिनको समिक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो कामपनि गरेको छैन,’ उनले भनिन्, ‘त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो। त्यो राम्रो कुरा होइन। यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ।’

उनले मन्त्री भएपछि राम्रो काम गर्नुपर्ने सुझाव दिए । उनले थपे,‘मन्त्री भएर बसौँ। राम्रो काम गरौँ। काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ। खल्तीमा लिएर नहिँडौँ। कोही मन्त्री होस्। कुनै पार्टीको मन्त्री होस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here