साफ यू-२० र साफ यू-१७ च्याम्पियनसीपका खुला छनोट गर्ने

27

काठमाडौं । आसन्न साफ यू-२० च्याम्पियनसीप र साफ यू-१७ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खुला छनोट गर्ने भएको छ ।

एन्फाले सात प्रदेश फुटबल संघ र सदस्य जिल्ला फुटबल संघहरुलाई पत्र पठाउँदै दुवै प्रतियोगिताका लागि खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

साफ यू२० च्याम्पियनसीप आगामी साउन ३२ देखि भदौ १२ गतेसम्म (अगष्ट १६ देखि २८) काठमाडौंमै आयोजना हुनेछ । यस्तै साफ यू-१७ च्याम्पियनसीप आगामी असोज २ देखि १२ गतेसम्म (अक्टोबर १९ देखि २७) सम्म भुटानमा आयोजना हुनेछ ।

एन्फाले दुवै टोलीका लागि प्रदेश छनोट र अन्तिम छनोट गरी दुई चरणमा छनोट कार्यक्रम सञ्चालन गर्दैछ ।

जसअनसार २० वर्ष मुनिका खेलाडीका लागि असार १० देखि १५ गतेसम्म प्रदेश फुटबल संघबाट र अन्तिम चरणको छनोट असार १८ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । यस्तै १७ वर्ष मुनिका लागि प्रदेश छनोट असार १७ देखि २२ गतेसम्म तथा केन्द्रीय छनोट साउन २५ देखि ३२ गतेसम्म हुनेछ ।

प्रदेशबाट छनोट भएका बढीमा ३० खेलाडीहरु अन्तिम चरणको छनोटमा समावेश गरिने एन्फाले जनाएको छ । यसैगरी २० वर्ष मुनिका खेलाडीका लागि २०६१ पुस १७ देखि २०६४ पुष १६ गते भित्र जन्मेका खेलाडी हुनुपर्नेछ भने १७ वर्ष मुनिका खेलाडीका लागि २०६४ पुष १७ देखि २०६७ पुष १६ गते भित्र जन्मेका हुनुपर्नेछ ।

साे छनोटमा सहभागी हुने खेलाडीले नागरिकता वा पासपोर्ट ल्याउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here