लाइभ : प्रतिनिधिसभा बैठक जारी

23
काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बसेको छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेको छ ।

आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह,  प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दैछन् ।  यस्तै, विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि रहेको छ ।

 आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची अनुसार बैठक चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here