सुनको भाउ स्थिर

18

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो । त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here