केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी पक्राउ

30

काठमाडौं । दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न लैनचौर पुगेका केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहानै संस्थानको कार्यालयमा घेराउ तथा तालाबन्दी गर्न पुगेका संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरूबाट लामो समयदेखि दुग्धको भुक्तानी पाउन बाँकी रहेका कारण संघ आन्दोलि बनेको हो।

भुक्तानीलगायत विभिन्न मागसहित पटक-पटक गरेको सम्झौता/सहमतीसमेत कार्यान्वन नभएको हुनाले भुक्तानीलगायतका मागका सम्बन्धमा दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौर घेराउ गर्ने संघको कार्यक्रम थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here