काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंक बाहिरिने भएको छ । बैंकले निफ्रामा रहेको आफ्नो १० लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।
कम्पनीको धितोपत्र प्रबन्धक एनआईसी एसिया क्यापिटलमा इच्छुकले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयर धनीहरूबाट सेयर माग नभएमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ ।


















