प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

32

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह रसुवामा आएको भीषण बाढीपछि विपद् व्यवस्थापनमा जुटेकाले आजका लागि तय भएको प्रश्नोत्तर स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर स्थगित भए पनि गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा रसुवा बाढीबारे जानकारी गराउने भएका छन् ।

आजको बैठक धेरै लामो नचलाउने सभामुख डोलप्रसाद अर्यालको तयारी छ ।

सुरुमा आकस्मिक समय चलाउने र त्यसपछि गृहमन्त्रीले बाढीपछिको अवस्थाबारे जानकारी गराएर बैठक सकाउने गरी दलहरुबीच समझदारी बनेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here