एनआईसी एशियाका कर्जा ग्राहकहरूलाई छुट प्रदान गर्ने

48

काठमाडौं ।   एनआईसी एशिया बैंकले भाका नाघेका कर्जा ग्राहकहरूलाई ब्याजमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

योजनाअनुसार २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही महिनाको मसान्तसम्ममा चुक्ता भुक्तान गरे बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिनेछ।

साधारण बक्यौता ब्याज रकममा समेत बैंकले विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। बैंकले भाका नाघेका ऋणीलाई ९१ दिनदेखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाका नाघेका ऋणीलाई ३५ प्रतिशतसम्म छुट दिने छ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्ने ग्राहकका लागि यो योजना फलदायी हुने बैंकको विश्वास छ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउनका लागि उक्त  योजना ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here