बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न बिफल

37

काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न नसकिएको बताएका छन् ।

क्रान्ति गरेर आएको शक्ति र नयाँ भनिएको शक्तिललले समेत पंचायतकालीन विरासत तोड्ने हिम्मत गर्न नसकेको र बजेट वितरणमा असहानातालाई निरन्तरता दिएको उनको टिप्पणी छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले बजेटमाथि अर्थहीन छलफल लामो हुने गरेको बताए ।

‘हामी जेठ १५ गते बजेट आएपछि लगातार यसमा छलफल गरिरहेका छौं । तर, म कहिलेकाहीँ सोच्छु-यसले हामीलाई पुर्‍याउँछ कहाँ ? यत्रो लामो छलफल बहस गरेपछि पुगिन्छ कहाँ ? हुन्छ के ?’ उनी भन्छन्, ‘बजेटमा परिवर्तन हुन्छ कि हुँदैन केही कुराहरु ? असन्तुलित बजेट काहीँ अबौं अर्बको बजेट काहीँ जिरो बजेटको अवस्थामा परिवर्तन आउछ कि आउँदैन ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here