स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद‍सकिएको पाएपछि

43

 

काठमाडौं । स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री रहेको पाइएको हो।

विभागले विभागले खरिद गरेका ५ करोड ४२ लाख ५३ हजार र अनुदानबाट प्राप्त भएको १ करोड ९ लाख ४९ हजार रुपैयाँका औषधि र सामग्री म्याद सकिएका हुन्।

नियमअनुसार विभागले आपूर्तिकर्ताबाट खरिद गरेको औषधि तथा औषधिजन्य सामग्रीको म्याद समाप्त भएमा वा हुने अवस्था भएमा औषधि आपूर्तकबाट प्रतिस्थापन गर्नुपर्दछ। तर विभागले ती सामग्री थन्काएर राखेको फेला पारेपछि महालेखा परीक्षकको कार्यालयले आवश्यकताको पहिचान गरी सामान खरिद गर्ने र म्याद गुज्रेका औषधिहरू समयमै प्रतिस्थापन गर्न सुझाब दिएको छ।

‘खरिद गरिएका औषधि म्याद सकिनु अगावै आपूर्तकबाट प्रतिस्थापन नगरेको र उपयोगसमेत नगरी म्याद समाप्त भएको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘विभागबाट प्राप्त विवरणअनुसार यो वर्ष रू ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्रीको म्याद समाप्त भएकोमा तीमध्ये विभागले खरिद गरेका रू. ५ करोड ४२ लाख ५३ हजार र अनुदानबाट प्राप्त भएको रू १ करोड ९ लाख ४९ हजारको रहेको छ। सोमध्ये पनि कोभिड-१९ को समयमा खरिद गरेका सामग्री उल्लेख्य मात्रामा रहेका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here