कम्युनिष्ट पार्टीबीचको एकताको पक्षमा क्रान्तिकारी माओवादी

43

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीबीचको एकताको पक्षमा रहेको जनाएका छन्।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीबीचको एकता अनिवार्य रहेको तर्क गरे।

नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेकजस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिष्ट पार्टी उभिनुपर्ने जनाए। उनले कम्युनिष्टले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए।

नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here