प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेसकाे आग्रह

28

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा प्रकाशशरण महतले जनाए।

उनले भने, ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्री मार्ग प्रशस्त गर्नुपर्छ। उहाँले अब मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ। अरू दलको पनि समर्थन घोषणा भइरहेको छ। त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ।’

यस्तै, महामन्त्री विश्वप्रकाश शर्मा पनि एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने सम्भावना रहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here