सडकमा ढल फुटेर खाल्डो पर्दा आवागन प्रभावित

60

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा आवागन प्रभावित भएको छ ।

सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराए । यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । उक्त ठाउँमा खाल्डो परेको छ । खाल्डोमा एक मोटरसाइकल पनि खसेको थियो । आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो ।

पठाओ चालक मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका विकास शाक्यले चलाएको मोटरसाइकल खाल्डोमा खसेर डुबेको थियो । शाक्य भने खाल्डोभन्दा बाहिरै सकुशल रहेका छन् । साे मोटरसाइकललाई काठमाडौं महानगरपालिकाको क्रेन, महानगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी नेतृत्वको टोलीले क्रेनले तानेर बाइक बाहिर निकालेको थियो ।

उक्त स्थानबाट करिब ११ फिट गहिरो खाल्डो परेको छ । खाल्डोलाई घेरा हालेर सवारी साधन एक लेनमा मात्र सन्चालन गरिएको छ । उक्त  स्थानमा महानगरपालिकाका कर्मचारी, नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरीको टोली खटिएको छ । खाल्डो मर्मत गर्ने कार्य भइरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here