कास्की । पोखरा महानगरपालिका-१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रूपैयाँ, अन्दाजी ५ तोला ७० लाल बराबरको सुनका विभिन्न गरगहना, १ वटा मोतीको हार र साढे १ तोला बराबरको चाँदीका गरगहना बिहीबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















