प्रभु बैंकको बचत खाता खोल्दा ३ लाखको औषधि बीमा, दुर्घटनामा १० लाख

197

काठमाडौं /  प्रभु बैंक लिमिटेडद्धारा दुई बचत खातामा बीमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले वेलकम र स्यालरी बचत खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा दिने भएको छ। यी बचत खाताले अब निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख र दुर्घटना बिमा बापत १० लाख रुपैयाँसम्मको जोखिम बैंकले वहन गर्नेछ ।

ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचारपछि बिमा दावी गर्नसक्ने छन्। दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी पाउनेसक्ने विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here