एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला नियुक्त

50

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न्।

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई  बुधबार उक्त जिम्मेवारी दिएका हुन्।

सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त हुने गर्छन्। अन्य दलका प्रमुख सचेतकभन्दा सत्ता पक्षका मुख्य सचेतकको वरीयता माथि हुन्छ।

बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here