राप्रपाले शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय

34

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

राप्रपाका बागमती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here