बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

28

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै मुख्यमन्त्री जम्कट्टेलमाथि सङ्कट देखिएको थियो।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामूहिक राजीनामा गराएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन नेकपा एमालेले ह्विप जारी गरेको छ। एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गर्दै ह्विप जारी गरेको हो।

एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here