पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या

36

जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। आइतबार राति सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा करिब ८० वर्षीय रायको हत्या भएको हो।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले राति करिब १ बजेतिर प्रहरीमा खबर आएको जनाए। उनले खबर आएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाए।

घटनास्थलको काम सकेपछि शवलाई पोष्टमार्टमका लागि मलंगवा पठाइएको भन्दै प्रहरी उपरीक्षक बोहराले अन्य अनुसन्धान भइरहेको जानकारी गराए।

घटनामा शंकास्पद व्यक्तिहरूलाई सोधपुछ सुरु गरिएको प्रहरीकाे भनाइ छ। प्रवक्ता बोहराका अनुसार रायको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here