काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आगामी फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन टिम तयारीका लागि वैदेशिक प्रशिक्षण गर्न मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा जाने पारा तेक्वान्दो खेलाडी तथा टिम अफिसियलहरुलाई बिदाइ तथा शुभकामना दिएका हुन् ।
सो कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिव दीपराज गुरुङ्ग समेतको उपस्थितिमा खेलाडी पलेशा गोवर्धन, भरत सिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई शुभकामना व्यक्त गरिएको छ ।
सो वैदेशिक प्रशिक्षण पश्चात पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली २३ अगस्ट, २०२४ मा म्यान्चेष्टरबाट फ्रान्स् प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
खेलाडी भरत सिंह महताको २९ अगस्टको दिन के–४४, पुरुष ५८ के.जी मुनि तौल समूहमा र खेलाडी पलेशा गोवर्धनको ३० अगस्टको दिन के–४४, महिला ५७ के.जी मुनि तौल समूहमा प्रतिस्पर्धा हुने छ ।


















