पुष्पलालको विचारबाट प्रभावित : माकुने

31

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको जनाएका छन् ।

बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै   योद्धाहरूलाई सम्झिनुपर्ने जनाएका हुन् ।

उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको  विचारबाट  म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको  पार्टीको  सदस्य र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु ।’

साथै पर्यटन मन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले  ठुलो  खुसी दिएको  बताए । उनले  गरिब जनताको  लागि हाँसो ल्याउने  संघर्ष  नै  उनको  रहेको जनाए ।  उनले  भने, ‘मुलुकलाई  एउटा समृद्धि र  विकास बनाउनको  लागि पुष्पलालहरूले गरेको संर्घषको वर्णन गर्नै  सकिन्न ।

उहाँहरूले  देखाएको बाटो  गरिब जनताको नाममा लिएको हाँसो  र खुसी सम्झन लायक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here