नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको जनाएका छन् ।
बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्धाहरूलाई सम्झिनुपर्ने जनाएका हुन् ।
उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु ।’
साथै पर्यटन मन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए । उनले गरिब जनताको लागि हाँसो ल्याउने संघर्ष नै उनको रहेको जनाए । उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरूले गरेको संर्घषको वर्णन गर्नै सकिन्न ।
उहाँहरूले देखाएको बाटो गरिब जनताको नाममा लिएको हाँसो र खुसी सम्झन लायक छ ।’

















