काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परिक्षामा लिएको जनाउनु भएको छ ।
उहाँले नेपाल शिक्षक माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समस्याको समाधान गरेर संविधानको परिकल्पना अनुसार देशलाई समृद्धिको एउटा नयाँ यात्रा हुँदै समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि रहेको जनाउनु भयो ।

















