एम बैंक-मोबाइल बैंकिङ र आइएमईबिच सम्झौता

32

काठमाडौं । नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक – मोबाइल बैंकिङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ ।

सम्झौतासँगै एमबैंक सँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा (Received) गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् । जसका लागि आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा.लि. बिच शुक्रबार सम्झौता भएको छ । आईएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
एम बैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ । एमबैंक सँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् ।

मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।

शुक्रबारबाट ९ औँ वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिट्यान्स सेवालाई सुरुवात गरिएको हो ।

एम बैंकमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरू विभिन्न सेवाहरू सहजै लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here