काठमाडौं । सेयर बजारमा उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक आज १४५.०५ अङ्कले ओरालो लागेको हो ।
उच्च गिरावट आएसँगै दुई हजार ६५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७.२२ अङ्कले ओरालो लागेर चार सय ६४.५६ मा सीमित भएको छ ।
कुल पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
कुर्थली बुखरी स्मल हाइड्रोपावर ९.९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३.९४, मेघा म्युचुअल फण्ड पहिलो ३.८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.१६ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स,गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा मङ्गलबार १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ४८ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको ४३ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।
















