काठमाडौं । काठमाडौं, सिराहा घनगढीमाई नगरपालिका-१ घर भएकी ७४ वर्षीया दिल लक्ष्मी श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका-८ बुद्धचोकस्थित उनकै छोरार दिल कुमार श्रेठले संचालन गरेको फर्निचरको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-११ नारायणी आदर्शटोल बस्ने ४६ वर्षीय तिलक खड्काको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका-१० भैसाखोरीस्थित बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । डुबेर मृत्यु काठमाडौं, २२ साउन भक्तपुर, सुर्यबिनायक नगरपालिका-१० चित्तापोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी गीता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको बाल्टिनमा रहेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, बारबर्दिया नगरपालिका-८ मामा घरमा बस्दै आएका हाल वतन नखुलेका गीतादेबी विकको छोरा १६ वर्षीय शाहिल विकको सोही ठाउँस्थित बबई सिंचाई नहरमा डुबेर सोमबार दिउँसो मृत्यु भएको । पौडी खेल्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जयनगर र इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सशस्त्र प्रहरी बल तथा स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















