काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

67
आजको खेलमा जित निकाल्दै नेपालसँग इतिहास रच्ने अवसर रहेको छ। सन् २०१९ मा दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई आजको खेलमा बदला लिने अवसर पनि रहेको छ।सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल पुगेको नेपाली टीमसँग लिग चरणमा भारतलाई हराएकोले आत्मविश्वास पनि छ।

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ। अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ। त्यो पनि गत शनिवार यही काभा वुमन्स लिगमा हो।

नेपाली टीमका कप्तान अरुणा शाहीले आजको खेलमा थप आत्मविश्वासका साथ खेल्ने बताएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here