महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद

51

एजेन्सी । अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ।

इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्। यस्तो घटना विरलै हुने गरेको छ। अहिले आएर महिला प्रतिस्पर्धामा सहभागी इमाने पुरुष भएको दाबी गरिएको छ।

पुरुष भएर महिलाको स्पर्धामा उनी आएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। इमानेमा पुरुष क्रोमोजोम रहेकाले नै एन्जेलाले प्रतिस्पर्धा गर्न नसकेको दाबी सार्वजनिक भएको छ।

इमानेको दुई मुक्का खानेबित्तिकै एन्जेलाले हेलमेट छोडेर रिङबाट रुँदै बाहिरिएकी थिइन्। इमानेलाई यसअघि नै अन्तर्राष्ट्रिय बक्सिङ एशोसिएसनले प्रतिबन्ध लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here