सरकारले हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका आयोग बनाउने

23

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको जनाएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्न आयोग बनाइने जनाए।

समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद बैठकले मन्त्रालयलाई आयोग नै गठन गर्न निर्देशन दिएको पनि उनले जनाए।

‘हामीले सधैं यस्तो आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाइ गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने। यो कारणले हामी झन् जटिलतामा फस्दै गयौं। अब यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिष्टम माथि नै अध्ययन गर्नुपर्छ। त्यसैले यसको समग्र अध्ययनका लागि अब मन्त्रालयले प्रस्ताव गरोस्। आउने मन्त्रिपरिषद बैठकमा हाम्रो सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि? संरचनागत समस्या हो कि? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो? अनुगमनको स्थिति के हो? यो नियमनको स्थिति के हो?  भन्नेमा समग्र अध्यययनका लागि एउटा आयोग बनाएर नै अध्ययन समिति बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँहरुले निर्देशन दिनुभएको छ।’

उनले आफू र सचिवले प्रधानमन्त्री ओलीसँग गए राति पनि यस विषयमा थप छलफल गरेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here