बहुविवाह गर्ने मौलाना एक वर्षपछि पक्राउ

28

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित एक मस्जिदमा उर्दु र अरबी अध्यापन गराउँदै आएका एक मौलाना बहुविवाह मुद्दामा पक्राउ परेका छन्।

मस्जिदमा अध्ययन गरिरहेकी १४ वर्षीया बालिकासँग विवाह गरेका मौलाना एक वर्षपछि पक्राउ परेका हुन्। गतवर्ष छात्रालाई भगाएर मौलाना अतीक अहमद खाँ भागेर भारत पुगेका थिए।

उनकी पत्नीले बहुविवाह मुद्दा दर्ता गरेपछि प्रहरीले एक वर्षदेखि खोजबिन गरिरहेको थियो। तर उनी हालै मात्र पक्राउ परेका हुन्।

घरमा दुईवटा सन्तान र श्रीमती रहेका ती मौलानाविरुद्ध श्रीमतिले नै मुद्दा दायर गर्दै न्यायको माग गरेकी थिइन्। अहिले ती छात्राबाटसमेत मौलानाको एक सन्तान जन्मिएको छ।

मौलाना खाँले खजुरा गाउँपालिका वडा नं.८ चमकदारपुर स्थित रहेको बिलाली मस्जिदमा छात्र छात्रालाई उर्दु र अरबी अध्यापन गराउँदै आएका थिए। मौलाना विरुद्ध उनकै श्रीमतीले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा उजुरी दिएपछि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरि अनुसन्धान प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here