काठमाडौं । भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन् ।
चोरी पछि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको हो ।
तामाङको घरमा लुकाएर रोखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो । भरुवा बन्दुक र खुकुरी उनीहरुले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए ।

















