काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका करिब ४५ वर्षीय उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए । कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।


















